काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँबराबरको हकदप्रद सेयर जारी गर्ने भएको छ । बैंकका अनुसार पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँमध्येबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १३ लाख १२ हजार तीन सय ३८ कित्ता हकप्रद सेयर जारी गर्न लागिएको हो ।
अधिकृत पुँजी ५३ करोड तथा जारी पुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ पुुग्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको बैंकको हकप्रद सेयरको बिक्रीकार्य यही पुस सात गतेबाट खुल्ला भई यही पुस २७ गते बन्द हुनेछ ।