अमेरिका । लोकेसन सेयर गर्ने एपहरु विकासकर्ता कम्पनीलाई गुगलले चेतावनी जारी गरेको छ । कम्पनीले लोकेसन सेयरिङबारेका सूचना प्रयोगकर्तालाई दिनेबारे जानकारीमा स्पष्ट हुनुपर्ने भन्दै एप विकासकर्तालाई कम्पनीले भनेको हो ।
गुगलले यससम्बन्धी नियम नमाने आफ्नो प्लेस्टोरबाटै प्रतिबन्धित गर्ने बताएको छ । लोकेसनमा आधारित सेवा प्रवाह गरिरहेको बेलायती कम्पनी हक इन्डस्ट्रिजसँग एपहरुले लोकेसन सेयर गर्ने भएपछि गुगलले यस्तो चेतावनी जारी गरेको बताइएको छ । हकका कम्तीमा पनि दुई एप साझेदारले प्रयोगकर्ताको अनुमति नलिई लोकेसन सेयर गरेको पाइएसँगै गुगलले कदम चालेको हो । यद्यपि हकले भने डेटा संरक्षणलाई धेरै गम्भीर रुपमा लिएको बताउँदै आफ्ना साझेदारले यसलाई मनन गरेको दाबी गरेको छ ।
पछिल्लो समय एप साझेदार र थर्ड पार्टीसँग हुने डेटा सेयरिङलाई लिएर विश्वभरका नियामकीय निकायले अनुसन्धानलाई तीव्रता दिइरहेका छन् । हकले धेरै एपहरुसँग यस्तो साझेदारी गरिरहेको छ । यसमा मुस्लिम प्रेयर एप, फ्लाइट ट्र्याकिङ एप र मौसमसम्बन्धी जानकारी दिने एपहरु पनि समावेश छन् । हकले आपूर्ति गरेका कोड लाइनलाई एप डेभलपर्सले इम्बेड गर्छन् भने जसले लोकेसन डेटा पूर्ति गर्छ र त्यसपछि तिनलाई हकले एकत्रित गर्छ । यो सूचना त्यसपछि ग्राहकलाई बिक्री गरिन्छ ।
तर अक्टोबरमा भाइसमा एउटा यससम्बन्धी सामग्री प्रकाशित भयो जसले मानिसहरु यसबारे जानकार नभएको सवाल उठायो । त्यसपछि हकले यसमा स्वीकारोक्ति जनायो । सो क्रममा दुईवटा एपले प्रयोगकर्ताको अनुमति नलिई लोकेसन सेयरिङ भइरहेको भेटिएको थियो । गुगलले सोही कारण अहिले सबै एपहरुलाई प्रयोगकर्तालाई लोकेसन सेयरिङको जानकारी दिनुपर्ने चेतावनी जारी गरेको बतााएको छ । तर गुगलले यसरी कति एपले चेतावनी पाए भन्ने खुलाइसकेको छैन ।