नयाँ दिल्ली । भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको छ विदेश मन्त्रालयले शनिबार जनाएको छ । यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठन (ध्ज्इ) का प्रतिनिधिहरूलाई हस्तान्तरण गरिनेछ ।
‘अफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्तिको खेप पठाएको छ’, विदेश मन्त्रालयले जनाएको छ ।
शुक्रबार विशेष उडानले अफगानिस्तानबाट हिन्दू–सिख अल्पसंख्यक समुदायका सदस्यहरूसहित १० भारतीय र ९४ जना अफगानीहरूलाई भारतले देवी शक्ति अपरेसनअन्तर्गत राष्ट्रिय राजधानीमा ल्याएको विदेश मन्त्रालयले जनाएको छ ।
‘अपरेसन देवी शक्ति’अन्तर्गत अफगानिस्तानबाट कुल छ सय ६९ जनालाई अहिले बाहिर निकालिएको मन्त्रालयले जनाएको छ जसमा सयौं भारतीय र अफगानीहरू छन् । त्यसमा पनि अफगान हिन्दू/सिख अल्पसंख्यक समुदायका सदस्यहरू रहेका छन् । सन् २०२१ को अगस्ट महिनाको सुरुमा अफगानिस्तानबाट चार सय ३८ भारतीयसहित पाँच सय ६५ जनालाई बाहिर निकालिएको थियो ।