काठमाडौं । लोकप्रिय भारतीय ओटीटी प्लेटफम अल्ट बालाजीले नेपाली बजारमा प्रवर्द्धन र वितरण गर्न टेलिनेट प्रालिसँग साझेदारी गरेको छ । नेपालमा यसको प्रवर्द्धन र वितरण टेलिनेट प्रालिले सुनिश्चित गर्नेछ । डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवेजस्ता स्थानीय बिलिङ च्यानलहरुमार्फत भुक्तानी गरी प्रयोगकर्ताहरुले घरमै बसेर आनन्द लिन सक्नेछन् ।
अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रमहरु हेर्न चाहने नयाँ प्रयोगकर्ताहरुका लागि यो सहकार्य महत्वपूर्ण मानिएको छ, जुन योभन्दा अगाडि धेरैको पहुचमा थिएन । टेलिनेट प्रालि अल्ट बालाजीको एक आधिकारिक पुनर्बिक्रेता हो । यसको माध्यमबाट प्रयोगकर्ताहरुले एकल प्लेटफर्ममा सबै ओरिजिनल, वेब सिरिज, चलचित्र र अन्य सामग्रीहरुमा निरन्तर पहुँच पाउनेछन् । प्रयोगकर्ताहरुले यी सामग्रीहरु मोबाइल, ल्यापटप, स्मार्ट टिभी र एण्ड्रोइडमा हेर्न सक्नेछन् भने कुनै एक सदस्यले पाँच वटासम्म प्रोफाइल बनाउन सक्नेछन् ।