काठमाडौं । एनएमबी बैंकको ब्रान्ड एम्बेसेडर पल शाहको उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकले शनिबार मोरङको बुढीगंगा गाउँपालिकास्थित ट्यांकी सिनवारी शाखा र विराटनगरको महेन्द्र चोकस्थित प्रदेश कार्यालयमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको थियोे । सोही कार्यक्रमका लागि शाह विराटनगरमा उपस्थित भएको बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले बताए ।
शाहको उपस्थितिमा बैंकले शनिबार बुढीगंगास्थित शाखाअगाडि बिहान १० बजे र महेन्द्र चोकस्थित प्रदेश कार्यालयअगाडि १ बजे कार्यक्रमको आयोजना गरेको थियो । जसरी शाहले अभिनयसँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् त्यसरी नै बैंकले पनि सामाजिक उत्तरदायित्वलाई मूलधारमा राखी कार्य गर्दै आइरहेको बताइएको छ ।
बैंकले सन् २००८ देखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ । ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व– प्रतिष्ठित अवार्डद्वारा सम्मानित एनएमबीलाई नेपाली वित्तीय क्षेत्रका लागि ठूलो उपलब्धिको रुपमा हेरिएको छ । यसभन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यांकर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ । प्रदेश नं १ मा ३० र विराटनगरमा मात्रै तीनवटा शाखा भएको बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।