काठमाडौं । सानिमा बैंक लिमिटेडले आइतबारदेखि काठमाडौँको बलम्बुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन समारोहमा मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी बैंकका अध्यक्ष पौडेलद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा एक सय १८ कार्यालयर ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।