काठमाडौ । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ८९ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुुन ७९ दसमलव ५७ अंकले ओरालो लागेर २२ सय ८१ दसमलव ६७ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ४७ अंकले ओरालो लागेर चार सय ३७ दसमलव ५९ बिन्दुमा झरेको छ । आज १३ वटा समुहहरु अन्र्तगत दुुई सय ३३ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ६२ हजार आठ सय नौ पटकको कारोवारमा ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिद बिक्री भएकाछन । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोवार रकम तीन अर्ब ९९ करोड ५६ लाख चार हजार एक सय ७८ रुपैयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।