चीन । चिनियाँ इकमर्स कम्पनी अलिबाबाले आफ्नै सहकर्मीविरुद्ध यौनिक अपराध गरेको आरोप लगाउने महिलालाई बर्खास्त गरेको छ । उनले झूठो आरोप लगाएको र यसले कम्पनीको इज्जतमा धक्का पुगेको भन्दै ती महिलालाई निकालेको बीबीसीले जनाएको छ ।
गत अगस्टमा उनले घटना सार्वजनिक गरेकी थिइन् । अलिबाबाले यसविरुद्ध कदम नचालेपछि ती महिला कर्मचारीले घटनाबारे खुलाएकी थिइन् । व्यावसायिक यात्राको दौडान आफूमाथि उक्त यौनजन्य हर्कत भएको ती महिलाको भनाइ थियो । त्यसपछि कम्पनीले उक्त हर्कत गर्ने कर्मचारीलाई हटाएको थियो । यद्यपि उनीविरुद्धको आपराधिक मुद्दा फिर्ता लिएको थियो । त्यसपछि उनीविरुद्ध प्रहरीले अनुसन्धान गरेको थियो । पछि अदालतले आरोप लागेका व्यक्तिलाई सफाइ दिएको थियो । सोसँगै कम्पनीले ती महिला कर्मचारीलाई हटाएको होा । ती महिलाले भने यसविरुद्ध कानुनी लडाइँ जारी रहने बताएकी छिन् । जुलाई २७मा आफूविरुद्ध सहकर्मीले चुम्बन गरेको र अर्को दिन मदिरा पिएको बेला आफ्नो लुगा खोलेको र त्यसपछि आफूले सम्झिन नसकेको बताएकी थिइन् ।
उनले बसेको होटलमा ती सहकर्मी आफू बसेको कोठामा गएको सीसीटीभी फुटेजसमेत आफूसँग रहेको बताएकी थिइन् । त्यसरी ती सहकर्मी चारपटक आफ्नो कोठामा प्रवेश गरेको उनको आरोप छ । यो घटनापछि अलिबाबाको चर्को सार्वजनिक आलोचना भएको थियो ।