अमेरिका । चर्चित टाइम म्यागेजिनले टेस्ला तथा स्पेस एक्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई यस वर्षको वर्षव्यक्ति घोषित गरेको छ ।
‘वर्षव्यक्तिले प्रभावलाई जनाउँछ, र पृथ्वीमा जीवनमाथि र पृथ्वीबाहिरको सम्भावित जीवनमाथि थोरै व्यक्तिसँग मात्र त्यस्तो प्रभाव हुन्छ जुन मस्कसँग छ’, टाइमका प्रधानसम्पादक एडवार्ड फेल्सेन्थलले लेखेका छन्, ‘सन् २०२१ मा मस्क केवल विश्वको धनीको रुपमा मात्र उदाएनन्, हाम्रो समाजमा सायद ठूलै रुपान्तरणको धनाढ्यको उदाहरण बने ।’
वास्तवमा मस्कका लागि यो सम्झनालायक वर्ष थियो जसले टेस्लाको सेयर मूल्यवृद्धि सँगसँगै विश्वकै धनी बनेर ध्यान खिचे । स्पेस एक्ससँगै मस्कले पृथ्वीको कक्षमा कुनै पनि व्यावसायिक अन्तरिक्षयात्रीविनाको केवल पर्यटक र पहिलो अन्तरिक्ष मिसन प्रक्षेपण गरे ।
सन् १९२७ मा ‘म्यान अफ द इयर’को रुपमा टाइमले यो परम्परा बसालेको थियो र त्यसयता यसले केवल व्यक्तिलाई मात्रै चिनाउँदैन, समूह, अभियान र उत्कृष्ट सोचलाई पनि चिनाउँदै आएको छ । सन् २०२० मा जो बाइडेन र कमला ह्यारिसलाई टाइमले वर्षव्यक्ति बनाएको थियो । वार्षिक रुपमा म्यागेजिनले छान्ने व्यक्तिमा उसले राम्रो काम गरेकालाई मात्रै हेर्दैन, नराम्रो गरेर कुख्याति कमाउनेलाई पनि स्थान दिएको छ । सन् १९३८ मा यसले तानाशाह एडोल्फ हिटलरलाई म्यान अफ दि इयर घोषित गरेको थियो ।
केही अनलाइन व्यवहारले मस्कलाई दुःखद अवस्थामा पनि पु¥याइदिएको छ । जसले उनलाई राम्रा कामबाट पनि जस मिलेको छैन । सन् २०१८ मा अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले उनलाई टेस्लालाई प्राइभेट बनाउने ट्विटको लागि जरिवाना तिराएको थियो । उनले पछि त्यसमा सहमति गरे । त्यो त्यस्तो ट्विट थियो जसले कम्पनीका सेयर सदस्यलाई असर गर्न सक्थ्यो । वालस्ट्रिट जर्नलको एक रिपोर्टअनुसार सहमति उल्लंघन गर्ने दुई वटा ट्विटहरु रहेका छन् ।
मस्कलाई वर्षव्यक्ति घोषणा गर्दै फेल्सेन्थलले ‘मस्कको व्यक्तित्वले तानेको’ लेखेका छन्न । यसलाई धार नभएको हतियारको रुपमा चित्रण गर्दै त्यसले विभाजन र उपहासमा आनन्द दिने उल्लेख गरेका छन् । जुन उनको ट्विटर प्रयोगबाट समेत सबैले देख्दै आएका छौँ ।
त्यस्तै टेस्लाकारको सुरक्षाबारे पनि अनुसन्धान भइरहेको छ । दुर्घटनामा परेका कारण कम्पनीको अटोपाइलट सफ्टवेयर संघीय अनुसन्धानको घेरामा छ । भर्खरैको न्युयोर्क टाइम्सको अनुसन्धानले पनि सफ्टवेयरको सुरक्षामा प्रश्न उठाएको थियो । टाइमसँगको अन्तर्वातामा समेत मस्कले यी कुराहरुबारे बोलेका छन् ।
‘यी घटनाहरु यो बेला स्पष्टै छ कि अटोपाइलटभन्दा विना अटोपाइलटका धेरै छन्’, मस्कले भने, ‘यसको मतलब अटोपाइलट एकदम ठीक छ भन्ने होइन । अब तपाईंहरुले पूर्ण स्वचालित ड्राइभिङ पाउँदै हुनुहुन्छ जहाँ ध्यान दिइराख्नुपर्दैन । हामीले यसमा अझै धेरै गर्नु छ ।’
वर्षव्यक्तिले बदलिदियो टाइम ‘पर्सन अफ दि इयर’बाट धेरै माथि उठिसकेको छ, ठूलै फ्रेन्चाइजको रुपमा । खासगरी सन् २०१९ मा थप विधा ल्याएर । यो वर्ष पपस्टार ओलिभिया रोड्रिगो वर्ष कलाकार र चारपटक ओलम्पिक स्वर्णविजेता साइमन बाइल्स वर्ष खेलाडी बनेका छन् । त्यस्तै यसअघि गार्डियन्सका रुपमा परिचित ‘हिरोज अफ द इयर’ एमआरएनए कोभिड खोप विकासकर्ता वैज्ञानिकहरु कटलिन कारिको, बर्ने ग्राहम, किज्मिकिया कर्बेट र ड्रु वेसम्यान बनेका छन् । टाइमले उनीहरुलाई ‘द मिरेकल वर्कर्स’ अर्थात् जादुयी श्रमिकको उपनाम दिँदै उनीहरुले खोपमा सफलता पाएको उल्लेख गरेको छ ।
फोर्ब्स म्यागेजिनका अनुसार मस्कसँग दुई खर्ब ६० अर्ब १० करोड अमेरिकी डलर सम्पत्ति छ । टेस्लामा उनको २३ प्रतिशत सेयर स्वामित्व छ । उनले सन् २०१८ मा टेस्लाको प्रमुखबाट राजीनामा दिएका थिए । उनको स्पेस एक्स कम्पनीको बजार मूल्य ७४ अर्ब डलर रहेको छ । उनी दक्षिण अफ्रिकामा हुर्केका थिए भने १७ वर्षको हुँदा क्यानडा बसाइ सरेका थिए । पछि उनी अमेरिका आएका हुन् । अमेरिकामै रहेका उनी अहिले संसारकै धनी बनेका छन् ।