काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ को विजेताहरु घोषणा गरेको छ । यस योजनामा स्क्र्याच कुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली सात जनाले एक लाख रुपैयाँ नगद उपहार तथा बम्परमा १ जना भाग्यशाली विजेताले १५ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् ।
‘होण्डाको साथ ७’ योजनाअन्तर्गत प्रदेश १ बाट एसटीसी विराटनगर– रविना चौधरी, प्रदेश २ बाट मिसिका इन्टरप्राइजेज– राम प्रकाश यादव, बागमती प्रदेशबाट एसटीसी सिटिजन बैक अनिता मानन्धर, गण्डकी प्रदेशबाट कुवर ब्रदर्श जमुना भण्डारी, लुम्बिनी प्रदेशबाट अमृत इन्टरनेशनल अन प्रसाद काफ्ले, कर्णाली प्रदेशबाट न्यु बुलबुले अटो सेल्स तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारुले एक लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशकी सावित्रा श्रेष्ठले बम्पर उपहार १५ लाख रुपैयाँ जित्न सफल भएकी छन् ।
यसका साथै यस योजनाअन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, सात वर्षको लागि स्पेयर पार्टसमा सात प्रतिशत छुट, सात वर्षसम्मका लागि नौवटा बोनस सर्भिस कुपन समेत प्राप्त गरेका छन् । त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गरेको कम्पनीले जनाएको छ ।