काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरूले सस्तो डिलको सुपर–डे योजनामा तीन हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकहरूमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समानहरू खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डवाहकहरूलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै तीन हजार रुपैयाँसम्मको विशेष छुटको योजना ल्याएको हो ।
सस्तो डिलले सुपर–डे योजना डिसेम्बर १५ तारिखदेखि १७ तारिखसम्म सञ्चालन गर्न लागेको छ । जसअन्तर्गत सस्तो डिलको सुपर–डे योजनामा बैंकको कार्डवाहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम तीन हजार रुपैयाँसम्मको छुटको सुविधा पाउन सक्नेछन् । यो योजनामा बैंकको कार्डवाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी तीन हजार रुपैयाँसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन् । बैंकले हाल ९१ शाखा कार्यालयहरू, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।