काठमाडौं । बिगत केही सातादेखि नै लगातार ओरालो लागेको सेयर बजारमा साताको तेस्रो कारोवार दिन आज मंगलबार भने पोजेटिभ सर्किट लागेको छ । कारोवार खुुले लगत्तै बढ्न थालेको नेप्से १२ः३८ बजेसम्म पाँच प्रतिसतले उकालो लागेको थियो ।
सोही आधारमा १२ः३८ बजे नेप्से ४० मिनेटको लागि बन्द भएको थियो अर्थात पहिलो सर्किट लागेको थियो । ४० मिनेट पछि नेप्से खुुलेपनि नेप्सेको उच्च बृद्धि भने रोकिएन । खुलेको केही मिनेटमा नै नेप्से छ प्रतिसतले बढ्यो । सोही आधारमा मंगलबार नेप्से निर्धारित समय भन्दा झण्डै डेढ घण्टा अघि नै बन्द भयो अर्थात दोस्रो पटकको पोजेटिभ सर्किट पछि दिनभरको लागि नेप्से बन्द भयो ।
जस अनुसार सेयर बजार परिसुचक (नेप्से) आज एक सय ३७ दसमलव १८ अंकले उकालो लाागेर २४ सय १८ दसमलव ८४ बिन्दुमा पुग्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २२ दसमलव ७२ अंकले उकालो लागेर चार सय ६० दसमलव ३० बिन्दु पुग्न सफल भएको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २९ हजार ६४ पटकको कारोवारमा ४० लाख ८५ हजार नौ सय ५६ कित्ता सेयर खरिद बिक्री भएका छ । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोवार रकम एक अर्ब ८४ करोड २६ लाख ४७ हजार एक सय ४४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका १३ वटा उपसमुहरु मध्ये १३ वटै उपसमुहहरुको सुचक उकालो लागेपछि सेयर बजार पुरै हरियो भएको छ ।