काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धुम्रबराह माध्यामिक विद्यालयको प्राङ्गणमा संचालित उक्त शिविरमा कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निःशुल्क परीक्षण गरिएको बैंकले जनाएको छ ।
निःशुल्क स्वास्थ्य शिविरबाट करिब एक सय जना लाभन्वित भएको कुरा बैंकले जनाएको छ । उतm अवसरमा विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि केही प्रयास र समयमै रोगबारे जानकारी होस् भन्ने हेतुले उक्त कार्याक्रम आयोजना गरिएको कुरा सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले जानकारी गराए । साथै का.म.न.पा. वडा नं. ४ का वडा अध्यक्ष मोहनबहादुर विष्टले बैंकको कामको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।