काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले श्री नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्डबमोजिम तयार वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ । सभाले २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ आसार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले हाल ९१ शाखा कार्यालयहरू, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।