काठमाडौं । शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलस्थित आफ्नो शोरुमबाट युवालक्षित १ सय २५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।
सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधांगना, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा बुधबार टीभीएस रेडरको सार्वजनिक गरिएको थियो । युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फर्स्ट–इन–क्लास फिचर्सका साथै फर्स्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।