काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्था, व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ । बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्व मूलक कार्यहरूको आयोजाना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल लिट्रेसी’ कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरूमा मास्क तथा स्याजिटाइजरजस्ता सामग्रीहरू वितरण गरेको जानकारी दिएको छ ।
यससँगै, ट्राफिक सचेतनाकाको लागि बोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि २५ हजारको सहयोग गरेको छ । यससाथै इलाका प्रहरी कार्यालायको डेढगाउँमा हिरातसमा पुस्तक कार्यक्रम सञ्चालनका निमित्त बैंकले १० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परी अपाङ्ग अवस्थामा भएका आँधीखोला गाउँपालिका वडा नं ०६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जीविकाका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।
यो सहयोगहरूबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।