काठमाडौं । बाल्ट्रा होम एप्लायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ । यो हिटरमा भित्री पंखा रहेको छ भने आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको छ । कम्पनीका अनुसार अधिकतम दुई हजार नौ सय वाटसम्मको क्षमतामा चल्नसक्ने यो हिटरमा गुडाउन मिल्ने पांग्राहरु छन् ।
विभिन्न सुरक्षात्मक विशेषताहरु रहेको यो हिटरले विद्युतीय लोड पनि ब्यालेन्समा राख्नेछ । जाडो मौसमको लागि एकदम उपयुक्त स्टेलार ओइल फिल्ड हिटर दुई वर्षको वारेन्टीसहित बजारमा उपलब्ध छ । कम्पनीले सधैँ नै उच्च गुणस्तरीय र टिकाउ घरायसी सामग्रीहरु उत्पादन गरी ग्राहकहरुको मन जित्न सफल भएको दाबी समेत गरेको छ ।