काठमाडौं । नेपालको लागि बजाजको एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को प्रालिले ‘बजाज खुसीको ३ डोज’को विजेता घोषणा गरेको छ । चाडपर्वको अवसरमा सुरु गरिएको यस अभियानको विजेता बन्न सफल भई लालबन्दीका बिट्टु कुमार गुप्ताले १० लाख रुपैयाँ जितेका छन् । उनले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए ।
यस अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरिद गर्ने बेलामा एक लाख रुपैयाँसम्मको नगद मूल्य गर्ने अवसर पनि थियो । यस्तै बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो ।