काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनर्निर्वाचित सञ्जिव मानन्धरले मंगलबार शपथग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष अध्यक्ष मानन्धरले शपथग्रहण गरेका हुन् । गत शुक्रबार सम्पन्न भएको साधारणसभाबाट सञ्चालक पदमा निर्वाचित भई सञ्चालक समितिको बैठक न.११९ बाट अध्यक्ष पदमा मनोनित गरिएको हो ।
साथै अध्यक्षसहित आगामी चार वर्षका लागि चार सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको थियो । छलफल तथा अनुमोदनका लागि पेस भएका सम्पूर्ण प्रस्ताव सभाले पारित गरेको थियो । सभाले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर पनि पारित गरेको संस्थाले जनाएको छ ।