काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थाहरूलाई लक्षित गरी छवटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरू सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाताहरू रहेका छन् ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, युरो, अष्टे«लियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गरिनेछ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ । उक्त खाता सञ्चालकहरूलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिनेछ । यसका साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिनेछ ।
अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरूलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नुपरेमा पनि विशेष प्रिमियम प्रदान गरिनेछ । साथै उक्त साँवा तथा आर्जन गरेको ब्याज रकम सोही मुद्रामा फिर्ता गर्नुपरेमा सहजरुपमा निःशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा दुई सय ८७ शाखा सञ्जाल तथा तीनवटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित आठ सय ५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।