काठमाडौं । मञ्जुश्री फाइनान्सले ४६ प्रतिशतका अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको यही मंसिर २४ गते शुक्रबार बसेको दुई सय १३औँ सञ्चालक समितिको बैठकले फाइनान्सको हाल कायम रहेको चुक्ता पुँजीको ४६ प्रतिशतको अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा ४० प्रतिशत अर्थात् ३८ करोड ६१ लाख ५७ हजार नौ सय ५६ रुपैयाँ ८० पैसाबराबरको बोनस सेयर र छ प्रतिशत अर्थात् पाँच करोड ७९ लाख २३ हजार छ सय ९३ रुपैयाँ ५२ पैसाबराबरको नगद लाभांश वितरण गर्ने घोषण गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।