काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको पछिल्लो पटक बसेको सञ्चालक समितिको दुई सय ३३औँ बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँमध्येबाट १० प्रतिशतले हुन आउने आठ करोड ६४ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशतले हुुन आउने ४५ लाख ४७ हजार तीन सय ८८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।