काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस १५ गते आफ्नो काठमाडौँको गैरीधारास्थित एलिस रेसिप्सनमा आफ्नो २०औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
संस्थाले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँमध्येबाट १९ प्रतिशतको अनुपातमा १७ करोड ९१ लाख ७० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
बोनस सेयर वितरण गरेपश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ पुग्नेछ । संस्थाको अधिकृत पुँजी हाल एक अर्ब रुपैयाँ रहेको र सोही सभामार्फत संस्थाले अधिकृत पुँजी वृद्धि गरी एक अर्ब ५० करोड रुपैयाँ पु-याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।