काठमाडौं । मन्दाकिनी हाइड्रो पावर कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १७ लाख ६४ हजार एक सय १० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।