काठमाडौँ । सुर्योदय लघुवित्त वित्तीय संस्थाले नवौँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुुस १६ गते स्याङ्जाको पुतलीबजारमा वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी २४ करोड ८० लाख ४२ हजार नौ सय २५ रुपैयाँमध्येबाट २० प्रतिशतको अनुपातमा चार करोड ९६ लाख आठ हजार पाँच सय ८५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाले सोही सभामार्फत सूर्योदय लघुुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने प्रस्ताव पारित गर्नेछ ।
मर्जरको लागि सूर्योदय र वोमीबीच एकबराबर एकको सेयर मिलान अनुपात कायम गरिने र मर्जरपश्चात् सूर्योदय वोमी लघुुवित्त वित्तीय संस्थाको नाउँमा एकीकृत कारोवार सञ्चालन गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी संस्थाले गरेको छ ।