काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरूले स्थानीय लगानीकर्ताहरूका विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरूको बारेमा समेत छलफल गरेका छन् ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको सुरुवात सुदूरपश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ । उक्त कार्यक्रममा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरूमा यस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने व्यहोरा समेत क्यापिटलले जानकारी दिएको छ ।