न्यापित । म्यानमार सेना र विद्रोहीहरू बीचको द्वन्द्वबाट बच्न विगत दुई दिनमा २५ सयभन्दा बढी मानिसहरू म्यानमारबाट थाइल्याण्ड प्रवेश गरेको स्पुतनिकले थाइ मिडियालाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ । द्वन्द्वग्रस्त करेन राज्यको सिमानामा रहेको थाइ प्रान्तको नेतृत्व गर्ने सोमचाइ किचारोएनरुन्ग्रोजले थाइ पब्लिक ब्रोडकास्टिङ सर्भिसको प्रतिवेदनमा शरणार्थीहरूमा सयौं बालबालिका रहेको बताएका छन्।
थाइ अधिकारीहरूले सबैलाई खाना र आश्रय उपलब्ध गराउन काम गरिरहेको उनले उल्लेख गरेका छन् । हालैका हप्ताहरूमा, संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले धार्मिक पूजास्थल र आवासीय भवनहरू जस्ता संरक्षित संरचनाहरूसहित गाउँहरू जलाइएको थुप्रै रिपोर्टहरू प्राप्त गरेको जनाएको छ।
कोलभिलले भने विद्रोहपछि जनरल मिन आङ ह्लिङको सेनाले देशका जनताको रक्षा गर्ने अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्न बारम्बार असफल भएको छ ।
करेन नेशनल युनियनका जातीय अल्पसंख्यक पृथकतावादीहरू र फेब्रुअरी १ बाट सत्तामा रहेको म्यानमारको सैन्य सरकारप्रति बफादार सेनाहरू बीचको झडप यस हप्ता सैनिकहरूले उक्त प्रान्तमा आक्रमण गरेपछि सुरु भएको हो । फलस्वरूप १३ सयभन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएका छन् भने अन्य १० हजार छ सय हिरासतमा छन् । रासस/एएनआई