काठमाडौं । सेयर बजारको ओरालो यात्राले पुन निरन्तरता पाएको छ । गत साता लगातार ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पनि ओरालो लागेको छ ।
आज बजार परिसुचक १७ दसमलव ९३ अंकले ओरालो लागेर २३ सय ५८ दसमलव ८१ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ३४ अंकले ओरालो लागेर चार सय ५१ दसमलव १९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएकाछन । जसबाट ३७ हजार तीन सय ६७ पटकको कारोवारमा ५४ लाख ३९ हजार ८७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा यसदिन कुल सेयर कारोवार रकम दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार आठ सय ६३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहहरुको कारोवार भएकाछन । जसमध्ये ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेकाछन भने दुई वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।