काठमाडौं । सेन्ट्रल फाइनान्सले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षमा बाँडफाँडको लागि उपलब्ध मुनाफामध्ये हाल कायम रहेको चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार सात सय नौ रुपैयाँमध्येबाट सात दशमलव सात प्रतिशतले हुन आउनेछ करोड ७८ लाख ३९ हजार सात सय ४९ रुपैयाँ ५९ पैसाबराबरको बोनस सेयर र तीन दशमलव तीन प्रतिशतले हुने दुई करोड ९० लाख ७४ हजार एक सय ७८ रुपैयाँ ४० पैसाबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर २९ गते बसेको तीन सय नवौँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।