काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जानकारी बैंकले दिएको छ ।
२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी निभाउँदै आएका थिए । बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव संगाल्नु भएका पाण्डे यसअघि नबिल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।
कर्जाको विषयमा राम्रो विज्ञता राख्ने उनले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका छन् भने सानिमा क्यापिटलको सञ्चालक पनि भइसकेका छन् । उनको कार्यकालमा बैंक थप सफलताको उचाइमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।