काठमाडौं, माघ २१ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारा बस्ने धादिङ गजुरी गाउँपालिका ८ घर भएका आरएस कन्स्ट्रक्सनका सञ्चालक राजकुमार अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।प्रतिवादी अधिकारीउपर १७ लाख र पाँच लाख रुपैयाँको चेक बाउन्स भएको बैंकिङ कसुर मुद्दा छ । फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीलाई आइतबार उच्च अदालत पाटनमा दाखिला गरिएको प्रहरीले जानकारी दिएको छ ।