नयाँ दिल्ली । आईफोन उत्पादक एप्पलले भारतमा आईफोन १३ को परीक्षण उत्पादन सुरु गरेको छ । चेन्नाईनजिकैको फक्सकोन प्लान्टमा आईफोन १३ को परीक्षण उत्पादन सुरु गरेको टाइम्स अफ इन्डियाले समाचारमा जनाएको छ ।
अमेरिकी प्रविधि कम्पनीले आफ्ना अधिकतम बिक्री भएका स्मार्टफोन मोडल भारतमै उत्पादन गर्न तयार देखिएको बताइएको छ । फेब्रुअरीसम्ममा कम्पनीले आईफोन १३ को व्यावसायिक उत्पादन नै सुरु गर्ने आशा गरिएको कम्पनीका दुई कार्यकारीहरुले बताएको समाचारमा उल्लेख छ ।
सेमिकन्डक्टर चिपहरुको आपूर्ति सुरक्षित गरेसँगै कम्पनीले भारतमा उत्पादन विस्तारमा सहज भएको बताइएको छ । भारतमा आईफोन १३ उत्पादन गर्दा विश्व बजारमा नयाँ फोन आपूर्तिमा सहज हुनेछ । यद्यपि एप्पल र फक्सकोन दुवैले यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् ।