काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्धि गर्ने भएको छ । संस्थाले हाल कायम रहेको अधिकृत पुँजी ५० करोड रुपैयाँलाई वृद्धि गरी एक अर्ब रुपैयाँ पु-याउने तयारी गरेको हो ।
पुँजी वृद्धिसम्बन्धी प्रस्ताव संस्थाको यही पुस २७ गते हुने पाँचौँं वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । संस्थाले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी ३२ करोड ४६ लाख तीन हजार चार सय ७२ रुपैयाँमध्येबाट २७ दशमलव ७० प्रतिशतको अनुपातमा आठ करोड ९९ लाख नौ हजार आठ सय १२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।