काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाले साताको तेस्रो कारोबार दिन मंगलबार १९ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ११ सय रुपैयाँ ८४ पैसा कायम गरेको हो ।
पछिल्लो पटक १३ सय १० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने १२ अर्ब ५५ करोड ७० लाख ८२ हजार तीन सय रुपैयाँ पुगेको छ । नेप्सेमा भने संंस्थाको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँबराबरको एक करोड १२ लाख २१ हजार सात सय कित्ता सेयर सूचीकृत भएका छन् ।