काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ५२ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पुन ९२ दसमलव १६ अंकले उकालो लागेर २५ सय सात दसमलव ७० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दसमलव ७४ अंकले उकालो लागेर चार सय ७७ दसमलव २६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५५ हजार नौ सय ९७ पटकको कारोवारमा ८१ लाख चार हजार तीन सय १९ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुहरु मध्यै सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो देखिएको छ ।