नयाँँ दिल्ली । जापानी लगानी समूह सोनीको भारतीय व्यवसायले भारतकै जी इन्टरटेनमेन्टसँग मर्जरसम्बन्धी सम्झौतालाई अन्तिम रुप दिएको छ । योसँगै भारतमा दोस्रो ठूलो मनोरञ्जन नेटवर्क बन्नेछ ।
यसमा ७५ टिभी च्यानलहरु मर्जरमा सामेल हुनेछन् भने सँगसँगै फिल्म सम्पत्ति र दुईवटा स्ट्रिमिङ प्लेटफर्म पनि यसमा सहभागी हुनेछन् । फस्टाउँदो मनोरञ्जन उद्योगमा यी दुई एक हुँदा मुख्य कम्पनीको रुपमा खडा हुने र यसले वाल्ट डिस्नेको हटस्टारजस्ता प्रतिस्पर्धी कम्पनीलाई चुनौती दिने बताइएको छ ।
भारतमा ९० करोड बढीले टिभी हेर्छन् भने आठ सयजति च्यानलहरु नै रहेका छन् । यिनीहरुले खेल, म्युजिकदेखि रियालिटीसम्मका धेरै प्रकारका टिभी शोहरु दर्शकलाई पस्किँदै आएका छन् ।