काठमाडौं । निसानले राष्ट्रव्यापी रुपमा ‘नेसनवाइड सर्भिस क्याम्प’ आयोजना गर्न लागेको छ । निसानको गाडीहरुको आवश्यक मर्मतसम्भार प्रदान गर्न कम्पनीले उक्त क्याम्पको आयोजना गर्न लागेको जनाएको छ ।
कम्पनीका अनुसार २६ डिसेम्बर, २०२१ देखि २८ डिसेम्बर, २०२१ सम्म देशभरका प्रमुख सहरहरूमा आयोजना गरिने क्याम्पमा सबै ग्राहकहरूले विभिन्न प्रकारका सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् । उक्त क्याम्पमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास, निःशुल्क ९० पोइन्ट चेक, २० प्रतिशतसम्म अन्य पार्टसमा छुट र नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।