काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको उपलक्षमा आफ्ना ग्राहकहरूको सुविधा तथा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ पुस सात गते बुधबारदेखि ५–१०–१५ क्यास ब्याक योजना ल्याएको छ ।
बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, क्रडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाँचौँ कारोबार रकमको पाँच प्र्रतिशत अथवा अधिकतम एक सय रुपैयाँ, १०औँं कारोबार रकमको १० प्रतिशत अथवा अधिकतम एक सय ५० रुपैयाँ र १५औँ कारोबार रकमको १५ प्रतिशत अथवा अधिकतम दुई सय ५० रुपैयाँसम्म क्यास ब्याक पाउन सक्नेछन् ।
यो योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्पm आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न समयमा यस्ता योजनाहरू ल्याउने क्रममा ग्राहकहरूको उत्साहजनक सहभागिता रहँदै आएको जानकारी बैंकले दिएको छ ।