काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालकमा रुपेश लुईँटेल नियुक्त भएका छन् । कम्पनीका अनुसार बुधबार सम्पन्न भएको सञ्चालक समितिको १०१औँ बैठकको निर्णयबमोजिम आजदेखि लागू हुनेगरी क्यापिटलको सञ्चालक समितिको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट लुईँटेललाई नियुक्त गरिएको हो ।
उनी सनराइज बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड तथा एनआईसी एसिया बैंक लिमिटेडमा गरी १० वर्षभन्दा बढीको बैंकिङ अनुभव रहेकोे छ । उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाइ चुम्ने विश्वास लिएको जानकारी दिएको छ ।