काठमाडौं । सेन्ट्रल फाइनान्सले बोनस तथा नगद समेत गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको पछिल्लो पटक बसेको सञ्चालक समितिको तीन सय नवौँ बैठकले हाल कायम रहेको चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार सात सय नौ रुपैयाँ १३ पैसामध्येबाट सात दशमलव सात प्रतिशत अर्थात् छ करोड ७८ लाख ३९ हजार सात सय ४९ रुपैयाँ ५९ पैसाबराबरको बोनस सेयर एवं तीन दशमलव तीन प्रतिशतका दरले हुनआउने दुई करोड ९० लाख ७४ हजार एक सय ७८ रुपैयाँ ४० पैसाबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी २५औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने फाइनान्सले जानकारी दिएको छ ।