काठमाडौँ । काठमाडौंको लैनचौरमा धन बहादुर बस्नेतले सञ्चालन गर्दै आएको पल्सर बाइकको आधिकारिक बिक्रेता स्टार अटो इन्टरप्राइजेजले बाइक बिक्रीको आवरणमा ठगी धन्दा गर्दै आएको पाइएको छ । इन्टरप्राइजेजबाट गत साउन ३१ गते बाइक खरिद गरेका व्यक्तिलाई अनेक प्रपञ्च रच्दै ब्लुबुक र इन्स्योरेन्स गरेका प्रमाण नदिएको पाइएको हो । इन्टरप्राइजेजले बाइक बिक्रीको आवरणमा कागजपत्र नदिई ग्राहकलाई ठगी गर्दै आएको पाइएको हो । सो इन्टरप्राइजेजले गत साउन ३१ गरे पल्सरको २२० सीसीको बाइक बिक्री गरेर सोबापत तीन लाख ६७ हजार पाँच सय लिएर ब्लुबुक दिनको लागि ३० दिने सम्झौता गरेको थियो । तर सो सम्झौताअनुसार ग्राहकलाई ब्लुबुक नदिएपछि बुझ्दा सो इन्टरप्राइजेजले लामो समयदेखि कर चुक्ता समेत नगरी भ्याटबिल जारी गरे पनि भ्याट नै नतिरेपछि यातायात व्यवस्था विभागले त्यहाँबाट गएको बाइक पास बन्द गरेको थाहा भएको छ । Open photo इन्टरप्राइजेजले बाइक बेच्दा भ्याट बिल जारी गर्ने तथा पल्सर बाइकको नेपाल बिक्रेता गोल्छा अर्गनाइजेसनबाट आधिकारिक बिक्रेताको सम्पूर्ण सुविधाहरु लिने तर भ्याट समेत नतिर्ने विषयमा स्टार अटो इन्टरप्राइजेजका सञ्चालक बस्नेतसँग जिज्ञासा राख्दा बाइक दिन नसकेको र कर समेत नतिरेको घुमाउरो रुपमा स्वीकार गरे । आफूले १६–१७ वर्षदेखि यो काम गरेको बताउँदै सञ्चालक बस्नेतले यस्तो कामहरु भइरहने भन्दै आफूले गर्ने करछलीको बचाउ समेत गरे । आफ्नो पेशा बाइक बेच्ने मात्र नभई अरु समेत भएको बताउँदै उनले आफ्नो सम्पूर्ण गतिविधि हेर्न चुनौती दिए । सञ्चालक बस्नेतले यसरी समाचारको लागि फोन गर्ने धेरै हुने भन्दै तर्किन खोजे । ‘मेरो पेशा हो, म यसरी नै गरिरहन्छु’, उनले भने । त्यसो त पछिल्लो समय देशमा भएको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै आफ्नो पेशाभन्दा बाहिर गएर व्यवसाय गर्नेहरु समेत पक्राउ पर्दै आएका छन् । एउटा व्यापार गर्ने भनेर अनुमति लिने र अर्कै व्यापार गरेर ठगी धन्दा गर्नेको यो अर्को उदाहरण हो । पल्सर बाइकको आधिकारिक बिक्रेता स्टार अटो इन्टरप्राइजेजका सञ्चालक बस्नेत सकेसम्म भ्याट छली गर्ने धन्दामा लागेको यसले पुष्टि हुन्छ । स्रोतका अनुसार उनले लामो समयदेखि कर नतिरी राजनीतिक संरक्षण लिने गरेका छन् र यसमा पल्सर बाइकको नेपालको बिक्रेता गोल्छा अर्गनाइजेसनले समेत खासै चासो दिएको छैन ।