काठमाडौँ । आईएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मूलनाराका साथ आईएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ । स्किमअनुसार सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत चार देशबाट चार जना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले १० हजार रुपैयाँ उपहारस्वरूप प्राप्त गनेछन् । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट चार जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले ४० हजार रुपैयाँ बम्पर उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आईएमईमार्फत नेपालमा पैसा पठाउने सेवाग्राही यो योजनामा सहभागी बन्न पाउनेछन् । उक्त योजना माघ २१ गतेसम्म जम्मा ४३ दिन अर्थात् छ हप्तासम्म कायम हुनेछ ।