काठमाडौँ । युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । हलेसी अटोमोबाइलले पूर्वी नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेवारी पाएको छ । नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो । नयाँ शोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका थिए । कम्पनीले ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्ने र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभूत गर्न प्रतिबद्ध भएको उल्लेख गरेको छ । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा सोरुम ल्याउन पाउँदा खुसी लागेको कार्यकारी निर्देशक अग्रवालले बताए । कम्पनीले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्न लागेको छ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने हलेसी अटोमोबाइलकका प्रबन्धनिर्देशक चूडामणि पौडेलले बताए । हाल पोेखरा, नारायणघाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ ।