काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार चारवटा संस्थाहरूले सेयर मूूल्य समायोजन गरेका छन्। सोमध्ये छिमेक लघुुवित्त वित्तीय संंस्थाले २७ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १२ सय ४० रुपैयाँ आठ पैसा तोकेको छ । पछिल्लो पटक संस्थाको प्रतिकित्ता १५ सय ७४ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी गणपति लघुुवित्त वित्तीय संस्थाले पनि सेयर १९ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता ११ सय ७४ रुपैयाँ ७९ पैसा अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । संस्थाको पछिल्लो पटक १३ सय ९८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको थियो । नेप्सेका अनुसार एनएमबी लघुुवित्त वित्तीय संस्थाले पनि १२ दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ३६ रुपैयाँ ३६ पैसा तोकेको छ । पछिल्लो पटक संस्थाको तीन सय ७८ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । नेपाल एसबीआई बैंकले पनि तीन दशमलव ५० प्रतिशत बोनस समायोजन गरी तीन सय ४४ रुपैयाँ ८३ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । पछिल्लो पटक उक्त संस्थाको तीन सय ५६ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको थियो ।