लण्डन । बेलायती विलासी डिपार्टमेन्ट स्टोर चार अर्ब पाउन्ड स्टर्लिङमा बिक्री भएको छ । थाइ र अस्ट्रियन प्रोपर्टी फर्मले उक्त स्टोर खरिद गरेको बीबीसीले जनाएको छ ।
यो सन् १९०८ मा अमेरिकी धनाढ्य ह्यारी गोर्डन सेल्फरिजले स्थापना गरेका थिए । यो कम्पनी लन्डनको अक्सफोर्डं गल्लीका डिपार्टमेन्टका रुपमा प्रसिद्ध थियो । पछि सन् २००३ मा करिब ६० करोड पाउन्डमा क्यानडेली अर्बपति वेस्टन फेमिलीले किनेको थियो ।
थाई र अस्ट्रियाली संलग्न सेन्ट्रल ग्रुपले यो स्टोर खरिद गरेको हो । ‘सेल्फरिज ग्रुप प्राप्ति गर्न पाउनु राम्रो कुरा हो’, ग्रुपले भनेको छ, ‘अक्सफोर्ड स्ट्रिट स्टोर जुन लन्डनको प्रसिद्ध शपिङ स्ट्रिटका लागि सय वर्षसम्म चर्चित रहेको थियो ।’
सेल्फरिजले विश्वभर १० हजार रोजगारी सिर्जना गरेको छ भने २५ वटा स्टोर सञ्चालन गर्दै आएको छ । खासगरी बेलायत, आयरल्यान्ड र नेदरल्यान्डमा कम्पनीका स्टोर रहेका छन् । यसमध्ये सिग्ना र सेन्ट्रलले २५ मध्ये १८ स्टोर पाउनेछन् । यो सम्झौतामा सेल्फरिज ग्रुपको क्यानडाका सातवटा होल्ट रेनफ्रु डिपार्टमेन्ट स्टोर संलग्न रहेको बताइएको छ । यसको स्वामित्व वेस्टन फेमिलीसँगै हुनेछ ।