काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटनविद् सल्लाहकार गोरे शेर्पाको आतंक मच्चिएको छ । पर्यटनमन्त्री प्रेम आलेले उनलाई पर्यटनविद् भनेर मन्त्रालयमा सल्लाहकार बनाएपछि शेर्पाले पर्यटन मन्त्रालयमातहतका सबै निकायमा आतंक मच्चाएका छन् ।
हाइड्रो दलालका रुपमा बाहिरी परिचय बनाएका शेर्पा स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था (ईमान) का महासचिव पनि हुुन् । केपी ओली प्रधानमन्त्री हुँदा उनलाई बालुवाटारले कुलमान घिसिङको कार्यक्षेत्रमा समानान्तररुपमा परिचालित गरेर रकम कलमको कार्य गराएको थियो । विद्युुत् उत्पादनमा चाहिने एण्डीय नामको अष्ट्रेलियन मेरिनको नेपालको लोकल एजेन्ट रहेर चिलिमे आयोजनादेखि काम गरेका असफल हाइड्रो व्यवसायी शेर्पालाई तत्कालीन प्रधानमन्त्री ओलीले घिसिङविरुद्ध काम लगाएका थिए । तर पनि शेर्पाको घिसिङसँग भित्री सम्बन्ध यथावत् छ ।
एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकारको तर्फबाट उनी बिचौलियाको रुपमा उपयोग भएर हाइड्रो व्यवसायीहरुसँग रकम कलम मिलाउन दिल्लीसम्म नै पुुग्ने गरेका थिए । तर अहिले भ्रष्टाचारविरोधी भनिएको सरकारमा पर्यटनमन्त्री आलेले चल्ताफिर्ता हाइड्रो व्यवसायी शेर्पालाई पर्यटनविद् मानेर पर्यटन मन्त्रालयमा पर्यटनविद् बनाएर छाडा छोडेपछि पर्यटनसँग सम्बन्धित सरकारी र निजी क्षेत्र सबैतिर उनको चर्चा र आतंक छाएको छ ।
उनले पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा गनिमत राख्ने व्यक्ति र व्यवसायीहरुलाई छट्टाछुट्टै भेटेर आपसी हितको कार्य गर्न प्रस्ताव गर्ने गरेपछि पर्यटन क्षेत्र तरंगित बनेको हो ।