नयाँ दिल्ली । सन् २०२१ मा चीन र भारतबीचको द्विपक्षीय व्यापारमा वृद्धि भएको छ । यो बर्षको ११ महिनाको तथ्यांक हेर्दा भारतको चीनसँगको व्यापार घाटा द्रूत गतिमा बढेको देखिएको छ । चिनियाँ राजस्व प्रशासन कार्यालय (जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्स) को अघिल्लो महिनाको तथ्यांकका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार एक खर्ब १४ अर्ब २६ लाख अमेरिकी डलर बराबर पुगेको पुगेको छ । ज्यानुअरीदेखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको बताइएको छ । भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८.५ प्रतिशतले बढिरहेको छ । त्यस्तै भारतले चाहिँ चीनबाट ८७.९ अर्ब डलरबराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ ।