दुईवटा संंस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको पहिलो कारोबार दिन आइतबार समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ६१ रुपैयाँ ३३ पैसा तोेकेको छ । पछिल्लो पटक उक्त संस्थाको चार सय ९२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको थियो ।
यसैगरी बुटवल पावर कम्पनीले पनि १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय ३८ रुपैयाँ ७३ पैसा तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको चार सय ८२ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको थियो ।