काठमाडौं, माघ २१
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक दुुई दशमलव ४९ अंकले उकालो लागेर १३ सय ४९ दशमलव १३ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १६ अंकले उकालो लाागेर दुुई सय ८७ दशमलव ९१ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७७ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १७ हजार छ सय ३३ वटा कारोबारमा ४७ लाख ४८ हजार आठ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ६१ करोड १७ लाख १९ हजार दुुई सय तीन रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये सातवटा समूहको सूचक ओरालो लागेका छन् भने पाँचवटा समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ३६ अंकले ओरालो लागेर ११ सय ७२ दशमलव ६० अंकमा झरेकोेमा होटल समूहको सूचक १७ दशमलव एक अंकले ओरालो लागेर दुई हजार ३३ दशमलव ९६ अंकमा झरेको छ । यसैगरी लघुुवित्त समूहको सूचक पनि सात दशमलव ७५ अंकले ओरालो लागेर २२ सय २१ दशमलव ९५ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ४२ दशमलव आठ अंकले ओरालो लागेर सात हजार पाँच सय १४ दशमलव ६४ अंकमा झरेको छ ।
यीबाहेक ट्रेडिङ, फाइनान्स र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः दुुई दशमलव ३८, शून्य दशमलव ७९ र तीन दशमलव १३ अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक भने यसदिन ३० दशमलव ५८ अंकले उकालो लागेर १८ सय ४० दशमलव ३६ अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक पनि ४८ दशमलव ४४ अंकले उकालो लागेर एक हजार ५२ दशमलव ७६ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ५९ दशमलव २७ अंकले उकालो लागेर छ हजार ६२ दशमलव २४ अंकमा चढेकोमा अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शून्य दशमलव ४४ र शून्य दशमलव शून्य छ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गरिमा विकास बैंकको सेयर मूल्य नौ रूपैयाँ ३६ पैसाले बढेर दुई सय ५७ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ रूपैयाँ २६ पैसाले घटेर ५९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक छ्याङदी हाइड्रोपावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको सेयर मूल्य पाँच रूपैयाँ २२ पैसाले घटेर एक सय ४५ रूपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको युुनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रूपैयाँ ५० पैसाले घटेर ५५ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक समृद्धि फाइनान्स, प्रभुु बैंक आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ५७ रूपैयाँ अन्तिम मूल्यमा छ करोड ५५ लाख ६० हजार चार सय ८१ रूपैयाँको सेयर किनबेच भएको छ । यसैगरी दोस्रो स्थानमा परेको ग्लोबल आईएमई बैंकको प्रतिकित्ता दुुई सय ८९ रूपैयाँ अन्तिम मूल्यमा पाँच करोड एक लाख ९१ हजार आठ सय २४ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल इन्स्योरेन्स कम्पनी, प्रभुु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।