काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता भएको छ । सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको हो ।
नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, प्रमुख अनुभव अधिकारी (सीएक्सओ) र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा समृद्धि फाइनान्सको तर्फबाट टिका निधी लोहनी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र विनोदराज पौडेल, प्रमुख प्रबन्धकले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताको यो विस्तारसँगै नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँगै आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्न सक्नेछ । सँगै, तिनीहरूले लेनदेन बैंकिङमा मूल क्षमताको लाभ उठाउन सक्छन् । यस सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब, समृद्धि फाइनान्ससँग आबद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पुर्ण सेवाहरू उपयोग गर्न पाउनेछन् ।
नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरू डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरूमार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्चस्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन् ।